जाजरकोटमा बिहानै भूकम्पको धक्का
काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्प गएको छ ।
आज बिहान ६ बजेर ३६ मिनेमा ४।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
२०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका(१ रामिडाँडा केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक सय बढीको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस