स्पेनिस ‘कोपा डेल रे’ फुटबलको उपाधि भ्यालेन्सियाले जित्यो

काठमाडौं । स्पेनिस ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि भ्यालेन्सियाले जितेको छ । गएराति भएको फाइनलमा बार्सिलोनालाई २–१ ले हराउँदै भ्यालेन्सियाले उपाधि उचालेको हो ।

सेभियामा भएको खेलमा भ्यालेन्सियालाई विजयी गराउन केभिन गामेईरो र रोड्रिगोले एक–एक गोल गरे । बार्साका लागि लियोनल मेस्सीले एक गोल फर्काए । पराजयसँगै सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो ।

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा लिभरपुलसँग पराजित हुँदै बाहिरिएको बार्सिलोनाले कोपा डेल रे को फाइनलमा भ्यालेन्सियासँग पराजित हुँदै अर्को पीडा भोग्नुपर्‍यो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...