शहिद स्मारक सी डिभिजन: सरस्वती नगर र आरसी ३२ को विजयी सुरुवात

काठमाडौ । आरसी ३२ फुटबल क्लब र सरस्वती नगर स्पोर्टस क्लबले शहिद स्मारक सी डिभिजन लिग छनोट खेलमा विजयी सुरुगरेका छन् ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा सरस्वती नगरले एफसी एस एसलाई २–० गोल अन्तरले पराजित गर्यो । आजै भएको दोस्रो खेलमा आर सी ३२ फुटबल क्लबले भर्सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्याे ।

उद्घाटन खेलमा सरस्वती नगरलाई जिताउन खेलको नवौ मिनेटमा मनिष पौडेलले गोल गरे । अर्काे गोल विपिन कँडेलले खेलको ३१ औ मिनेटमा गरे ।

जितसँगै सरस्वती नगर र आर सी ३२ ले तीन अंक हासिल गरे । छनोटमा सहभागि ३८ टोलीलाई १२ समुहमा विभाजन गरिएको छ । तीन टिम सी डिभिजन लिगमा छनोट हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...