स्पेनिस ला लिगा: मेस्सीको दुई गोलमा बार्सिलोनाको बराबरी

एजेन्सी । च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको अन्तिम लिग खेलमा बराबरी खेलेको छ । आइतबार  भएको खेलमा बार्सिलोनाले इबरसंग २-२ गोलको बराबरी खेलेको हो ।

इबरको मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले बराबरी खेलेको हो । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गरे । इबरका लागि मार्क कुकुरेल्ला र पाब्लो डी ब्लासिसले एक एक गोल गरे ।

खेलको २० औं मिनेटमा कुकुरेल्लाले गोल गर्दै इबरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, मेस्सीले एक मिनेट भित्र दुई गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएको थियो । ३१ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए ।

त्यसपछि खेलको ३२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।  तर, ४५ औं मिनेटमा इबरका ब्लासिसले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

इबरविरुद्ध दुई गोल गरेसंगै मेस्सीले यस सिजन सबैखाले प्रतियोगितामा ५० औं गोल पुरा गरेका छन् । ला लिगामा भने मेस्सीले यस सिजन ३६ गोल गरे । मेस्सी यस सिजन ला लिगाको सर्वाधिक गोलकर्ता समेत बने । मेस्सी छैटौं सिजन सर्वाधिक गोलकर्ता बनेका हुन् ।

बराबरीसंगै बार्सिलोनाले ३८ खेलबाट ८७ अंक जोड्यो । र, बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ११ अंकले पछि पार्यो ।दोस्रो स्थानको एट्लेटिकोले ७६ अंक जोड्यो ।

बार्सिलोनाले उपाधि भने यसअघि नै जितिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...