व्हिल चियर क्रिकेट: एसिया कपको उद्घाटनमा नेपाल र भारत भिड्ने

काठमाडौं । पहिलो पटक हुन लागेको एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेट बुधबारबाट सुरु हुने भएको छ ।

आयोजक नेपाल व्हिल चियर क्रिकेट संघले मंगलबार पत्रकार सम्मेलन गर्दै एसिया कप बुधबार सुरु हुने जनाएको हो ।

चार दिन चल्ने एसिया कपमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

किर्तिपुरस्थित टियु मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्ने छन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्  ।

प्रतियोगिताको विजेताले ट्रफी र मेडल प्राप्त गर्ने संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी गराए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...