भीमनारायण गोल्डकप : फ्रेण्डस् र एपिएफ आमनेसामने

धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार फ्रेण्डस् क्लब ललितपुर र सशस्त्र प्रहरी बल (एपिएफ) काठमाडौं आमनेसामने हुँदैछन्। खेल तल्लो टुँडिखेलमा अपराह्न ३ बजे सुरु हुने आयोजकले जनाइएको छ।

फ्रेण्डस् र एपीएफ दुवै ए डिभिजन क्लब हुन्। प्रतियोगिताको सोमबार सम्पन्न खेलमा दाफिन्स फुटबल क्लब क्यामरुन सेमिफाइनल प्रवेश गरेको छ। दाफिन्सले धरान फुटबल क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो। दाफिन्सलाई सहज जित दिलाउन यान्निक ओवाना र कोनोले समान २र२ गोल गरे। अर्को गोल पेटन्गाले गरेका थिए। खेलको म्यान अफ दि म्याच विजेता टिमका टिम क्याप्टेन अउरेल उनामे घोषित भए। 

शनिबारदेखि जारी प्रतियोगितामा दुई अन्तर्राष्ट्रिय टिमसहित आठ टिम सहभागी रहेको आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। प्रतियोगितामा विजेताले चार लाख रुपैयाँ र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने छन्। 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...