पाकिस्तान विरुद्ध दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डको जित

काठमाडौं, वैशाख ।  पाकिस्तान विरुद्धको दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले १२ रनको रोमाञ्चक जित हात पारेको छ ।


शनिबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा तीन विकेट गुमाउँदै तीन सय ७३ रन बनायो । ब्याटिङ पिच रहेको खेलमा इंग्ल्याण्डका लागि जोस बट्लरले एक सय १० तथा जेसोन रोयले ८७ र इयोन मोर्गनले ७१ रन बनाए । 


यस्तै जोय रुटले ४० रनको योगदान गरे । बटलरले ५० बलमा शतक पूरा गरे । उनी कम बलमा शतक बनाउने दोस्रो इंग्लिस खेलाडी बनेका छन् ।


जवाफमा पाकिस्तान ५० ओभरमा सात विकेट गुमाउँदा तीन सय ६१ रनमा अलआउट भयो । जसका लागि फकर जमालले एक सय ३८ तथा आदिल रासिदले ५१ रन बनाए । 


रोमाञ्चक बनेको खेलको अन्तिम ओभरमा पाकिस्तान जितको नजिक पुगेपनि सफल हुन सकेन । जितसँगै पाकिस्तानले ५ खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...