बार्सालाई ला लिगाको २६ औं उपाधि

काठमाडौं ।  यस सिजनको स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ। आइतबार बिहान भएको खेलमा लेभान्टेलाई १–० ले हराउँदै बार्सिलोनाले तीन खेल अगावै उपधिमाथि कब्जा जमाएको हो। 

साविक विजेता रेहेको बार्सिलोनाको जितका लागि कप्तानसमेत रहेका लियोनल मेसीले ६२ औं मिनेटमा गरेको गोल  निर्णाय बन्यो। ३५ खेल खेल्दा उसले ८३ अंक बनाएको छ।

दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको पनि समान खेलबाट ७४ अंक छ।  बाँकी रहेका सबै खेलमा बार्सिलोनाले  हार्ने र एथ्लेटिको मड्रिडले जित्ने भए पनि समान अंक हुनेछ र गोल अन्तरका आधारमा बार्सिलोना अघि रहने भएका कारण तीन खेल नखेल्दै बार्सिलानाले उपाधि जित्न सफल भएको हो। बार्सिलोनाको गोलअन्तर ५४ छ हुँदा एथ्लेटिको मड्रिडको २९ मात्रै छ। 

यस सिजनमा बार्सिालनाले ३५ खेलमा २५ मा जित ८ मा बराबरी र २ मा हार व्यहोरेको छ।  यस सिजनको उपाधि जित्दा बार्सिलोनाले ला लिगाको उपाधि २६ औं पटक जितेको हो। यस लिगको सर्वाधिक सफल टोली रियल मड्रिड हो। रियलले ३३ पटक उपाधि जितेको छ। 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...