आइपीएलको बिचमै सन्दीप नेपाल आए

काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिरहेका नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने नेपाल आएका छन् ।


व्यक्तिगत कामका कारण आइपीएल चलिरहेकै बेला बुधबार उनी नेपाल आएका हुन् । बाँकि खेल खेल्न सन्दीप लगत्तै भारत फर्किने उनका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।


दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका सन्दीपले यो संस्करणको ५ खेलमा ८ विकेट लिइसकेका छन् । दिल्लीले १२औं खेल आउँदो सोमबार रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...