आजदेखि केपीएल, उद्घाटन खेलमा कर्णाली–११ र लालिगुराँसबीच प्रतिस्पर्धा हुने

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा आज (बिहीवार) देखि कर्णाली प्रिमियर लिग (केपीएल)को दोस्रो संस्करण सुरु हुँदैछ । २१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागीय सहित ८ टोलीले सहभागिता जनाउने भएका छन् ।


प्रतियोगिता सञ्चालनको लागी खेलमैदान मर्मत तथा सम्भार लगायतका सम्पूर्ण तयारी पूरा भएको आयोजक कर्णाली क्रिकेट एकेडेमीले जनाएको छ । आज हुने उद्घाटन खेलमा घरेलु टोली कर्णाली–११ र झापाको लालिगुराँस क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।


उद्घाटनमा एक खेल हुने भएपनि अन्य दिनमा भने दुई खेल हुने एकेडेमीका अध्यक्ष जीवन शाहीले बताए । आठ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन गरिने उनले जानकारी दिए । समुह ‘ए’ मा घरेलु टोली कर्णाली–११, त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम किक्रेट कल्ब र लालिगुराँस क्रिकेट एकेडमी रहेका छन् ।


समुह ‘बी’मा सशस्त्र प्रहरीको एपिएफ, महेन्द्रनगर क्रिकेट एकेडेमी, न्यू होराईजन बुटवल र हिमालय किक्रेट एकेडेमी रहेका छन् । लिग–कम नक–आउट फर्म्याटमा सञ्चालन हुने प्रतियोगितमा २ समूहबाट उत्कृष्ट २ टिम सेमिफाइनल पुग्ने छन् । लिगको विजेताले पाँच लाख पाउने छ ।


प्रतियोगितमा सर्वोत्कृष्ट खेलाडीले ५० हजार हात पार्ने छन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०/२० हजार प्राप्त गर्नेछन् । यस्तै फाइनल खेलमा एक जना दर्शकलाई रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ ।


प्रतियोगितामा छक्का समात्ने दर्शकलाई एक हजारको पुरुस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...