नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती

काठमाडौँ । एसिसी १६ वर्षमुनि (यु–१६)पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो ।

नेपालका लागि आशीष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए भने विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६÷१६ तथ सुवास ऐरले ११ रन जोडे । बलिङतर्फ मलेसियाका सिद्धार्थ कार्तिकले चार तथा लुकम्यान नुर हाकिम सहरले दुई विकेट झारे

। यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई सात विकेटले पराजित गरेको थियो । १४२ रनको विजय लक्ष्य पच्छाएको मलेशिया अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...