८ औं राष्ट्रिय खेलकुदः १३३ स्वर्णसहित आर्मी पहिलो स्थानमा
बाँके । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार बिहानसम्म नेपाल आर्मीले १३३ स्वर्ण पदक जित्दै अग्रस्थानमा कायमै रहेको छ । आर्मीले ७४ रजत र ६३ काश्यपदक प्राप्त गरेको छ ।
यसैगरी नेपाल प्रहरी ५९ स्वर्ण, ४५ रजत र ४४ काश्यपदकसहित दोस्रो स्थानमा रहेको छ । सशस्त्र प्रहरी बल ५० स्वर्ण, ६८ रजत र ७३ काश्यसहित तेस्रो स्थानमा रहेको छ ।
प्रदेश नम्बर ३ ले २२ स्वर्ण, २३ रजत र ३९ काश्य पदक हात पारेको छ । गण्डकी प्रदेशले १२ स्वर्ण, २१ रजत र ४३ काश्य पदक, प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ काश्य पदक प्राप्त गरेको छ ।
प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ काशय पदक प्राप्त गरेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, १२ रजत र ३४ काश्य, प्रदेश २ ले ६ स्वर्ण, ७ रजत र २० काश्य, एलआरएनएले ५ स्वर्ण १ रजत र ५ काश्य तथा कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत तथा १७ काश्यपदक प्राप्त गरेको छ ।
प्रतिकृया दिनुहोस