आईपीएल: हैदरावादलाई हराउँदै चेन्नई शीर्ष स्थानमा
एजेन्सी । चेन्नई सुपर किङ्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।
चेन्नईस्थित चिदामबराम स्टेडियममा हैदरावादले दिएको १७६ रनको लक्ष्य चेन्नईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर ।
चेन्नईको जितमा शेन वाट्सनले ९६ रनको अर्धशतकीय इनिङ्स खेले । शतक बनाउन ४ रनले चुकेका वाट्सनले ५३ बलमा ९ चौका र छक्का प्रहार गरे । यस्तै सुरेश रैनाले ३८ रन जोड्दा अम्बाती रायडुले २१ रन बनाए ।
हैदरावादका राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १७५ रन बनाएको थियो ।
हैदरावादका लागि मनिस पाण्डे र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । पाण्डेले अविजित ८३ रनको योगदान दिए । वार्नर ५७ रनमा आउट भए । विजय शंकरले २६ रन बनाए ।
चेन्नईका हर्बजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिए ।
जितसंगै चेन्नईले ११ खेलबाट १६ अंक जोडेको छ । र, दिल्ली क्यापिटल्सलाई २ अंकले पछि पार्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ ।
यस्तै चेन्नईले हैदरावादसंग यस सिजनको पहिलो खेलमा हारेको बदला समेत लिएको छ । यस सिजनको पहिलो भेटमा हैदरावादले चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो ।
पराजित हैदरावादको १० खेलबाट १० अंक छ । हैदरावाद चौंथो स्थानमा रहेको छ ।
प्रतिकृया दिनुहोस