ओपन इन्टरनेशनल तेक्वान्डोमा नेपाललाई एक स्वर्ण पदक

काठमाडौं । जापानको ओसाकामा भएको १७औं वाता ओपन इन्टरनेशनल तेक्वान्डो प्रतियोगितामा नेपालले एक स्वर्णसहित २ रजत  ४ कास्य पदक हात पारेको छ । गत वर्ष सम्पन्न १६औं प्रतियोगितामा पनि नेपालले १ स्वर्ण पदक हात पारेको थियो ।

शनिबार सम्पन्न सो प्रयिोगितामा नेपालकी आकृति गुरुङले स्वर्ण पदक प्राप्त गरिन् । २२ देशको सहभागिता रहेको सो प्रतियोगितामा दिलिप गिरी र दिप्सन नेपालले रजत पदक प्राप्त गरे भने कृष्ण थापा, बिजय गुरुङ ,आवास खान र विद्या राईले कास्य पदक प्राप्त गरे ।

सो प्रतियोगितामा सहभागिता जनाउन नेपालबाट अशोक खड्का, मोहन बिश्वकर्मा, जितसिंह लामा, रोशन खान, रामप्रसाद पुडासैनी, अभिषेक राना, आकृति गुरुङ, प्रदीप गिरी, सुनिल सिंह, विद्या राई लगायतले सहभागीता जनाएका थिए । 

सो प्रतियोगितामा अशोक खड्का, मोहन बिश्वकर्मा र जितसिंह लामाको निर्णायकको भुमिका निर्वाह गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...