आईपीएल क्रिकेट प्रतियोगितमा आज दुई खेल हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता अन्र्तगत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा राजस्थान रोयल्यस र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

जयपुरस्थित सवाईमानसिंह मैदानमा हुने यी दुई टोलीबीचको खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ । दोस्रो स्थानमा रहेको मुम्बईले ९ खेलबाट १२ अङ्क जोडेको छ भने आठ खेलबाट ४ अङ्क जोडेको राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

यस्तै आजै हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ । दिल्लीको फिरोज साह कोटला मैदानमा हुने यी दुई राति ८ बजेबाट सुरु हुनेछ । समान खेल खेलेको दुवै टोलीले समान १० अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा दिल्ली र चौथों स्थानमा पञ्जाव रहेको छ ।  यसअघि हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले जारी प्रतियोगितामा दोस्रो जित हात पारेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...