आर्सनलको विजय यात्रा, ३३ खेलबाट ६६ अंककासाथ लिगको चौथो स्थानमा

Sports aarsana

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले वाटफोर्डलाई एक शून्यले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा १० खेलाडीमा झरेको वाटफोर्डविरुद्ध जित निकाल्ने क्रममा आर्सनलका लागि इमीरी पियरेको एकमात्र गोल निर्णायक बन्यो । वाटफोर्डको घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा नै पिएरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको एक मिनेट पछि नै वाटफोर्ड १० खेलाडीमा झर्न पुग्यो ।

वाटफोर्डका डीने रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर त्यसपछि आर्सनलले विपक्षी १० खेलाडीमा झरेको फाइदा लिन सकेन । तर पनि पिएरेको एकमात्र गोल निर्णायक बन्यो । जितसँगै आर्सनल ३३ खेलबाट ६६ अंककासाथ लिगको चौथो स्थानमा पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...