विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाकाे टिम घोषणा

579229850aus wc qtyybn1hb7

काठमाडौं । मे ३० तारिखदेखि इंग्ल्याण्डमा शुरु हुने आईसीसी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले टिमको घोषणा गरेको छ ।

एरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको हो । विश्वकपका लागि तय गरिएकाे टिममा स्टिभ स्मिथ र डेभिड वार्नर फर्किएका छन् । बल टेम्परिङको अभियोग लागेपछि १ वर्षे प्रतिबन्ध सकाएर उनीहरुलाई टिममा बोलाइएको हाे ।

यसैगरी पिटर ह्यान्डस्कम्ब, एस्टन टर्नर र केन रिर्चडसनले टिममा स्थान बनाउन सकेनन् । त्यसैगरी मिचेल स्टार्क तथा जेइ रिचर्डसनले स्थान बनाउँदा जस हेजलवुड भने परेका छैनन् । 

टिम यसप्रकार छ ।

कप्तान आरोन फिन्च, जेशन बेरन्डर्फ, एलेक्स क्यारी ९विकेट किपर०, नथन कुल्टर नाइल, प्याट कमिन्स, उस्मान खवाजा, नेथन लियोन, शन मार्श, ग्लेन म्याक्सवेल, जेइ रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मिचेल मार्श, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...