बैंग्लोरविरुद्ध क्रिस गेलको अर्धसतक पूरा

Chris gaylejpg

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले रोयल च्यालेन्जर बैंग्लोरविरुद्ध किंग्स–११ पञ्जावले ब्याटिङ गरिरहेको छ। छैटौँ खेलसम्म पनि अंकको खाता खोल्न नसकेको बैंग्लोर विरुद्ध पञ्जावका ओपनर क्रिस गेलले अर्धसतक पूरा गरेका छन्। गेलले ३७ बलमा ५६ रन जोडेका छन्। उनले ६ चौका र ३ छक्का हिर्काए।

अर्का ओपनर केएल राहुन १८ रनमा आउट हुँदा त्यसपछि आएका मायंक अग्रवाल दोश्रो विकेटका रुपमा ९ बलमा १५ रन जोड्दै आउट भए। बैंग्लोरका युजभेन्द्र चाहालले दुबै विकेट लिएका हुन्।

११ ओभरको खेल सकिँदा पञ्जावले २ विकेट गुमाएर ९९ रन जोडेको छ। अंकबिहिन बैंग्लोर तालिकाको अन्तिममा छ। ७ खेल खेलिसकेको पञ्जाव भने ८ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...