खेलकुद पत्रकार मञ्चको १५औँ साधारणसभाबाट दुर्गानाथ सुवेदी निर्वाचित

Dev dai

काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा दुर्गानाथ सुवेदी निर्वाचित भएका छन्। शुक्रबार भएको १५औँ साधारणसभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

सुवेदीले अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश तिमिल्सिनालाई १४ मतले पराजित गरे। सुवेदीले ५५ मत र तिमिल्सिनाले ४१ मत प्राप्त गरे। प्रथम उपाध्यक्षमा सञ्जीव शिल्पकार निर्विरोध निर्वाचित भए। उपाध्यक्षमा ध्रुव तुलाधर ७१ र निरञ्जन अधिकारी ५७ मत प्राप्त गर्दै निर्वाचित भए। 
 
यस्तै महासचिवमा प्रज्वल ओलीले ६३ मत प्राप्त गरी निर्वाचित हुन सफल भए। पराजित भएका पवन आचार्यले ३३ मत प्राप्त गरे। सचिवमा गोविन्द रेग्मी ५८ मत प्राप्त गरी विजयी हुँदा पराजित आदर्श ढकालले ३८ मत पाए। कोषाध्यक्षमा अञ्जन खड्का निर्विरोध चयन भए। महिला सदस्यमा मुना कार्की निर्विरोध चयह हुदा खुला सदस्यतर्फ दिल तामाङले ५०, हिमविक्रम केसीले ४४ र अनिल मल्ल ठकुरीले ३६ मत प्राप्त गर्दै विजयी भए। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...