कार्डिफलाई हराउँदै सिटी शीर्ष स्थानमा

Citi

एजेन्सी। म्यानचेस्टर सिटी इन्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । बुधबार राति कार्डिफ सिटीलाई २-० गोल अन्तरले  शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र लोरी सानेले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ४४ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई २-० को सहज जित दिलाए ।

जितसंगै सिटी लिभरपुललाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा फर्किएको हो । सिटीले ३२ खेलबाट ८० अंक जोडेको छ । लिभरपुलको ७९ अंक छ ।

परजिर कार्डिफ २८ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...