यू–१६ स्कुल त्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । यू–१६ स्कुल त्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ । यसलाई वैशाख ७ देखि १५ सम्म थाइल्यान्डमा हुने एसीसी यू–१६ इस्टर्न रिजनका लागि छनोट खेलका रूपमा लिइएको छ ।
चैत २५ सम्म चल्ने प्रतियोगिता युवा तथा खेलकुद मन्त्रालयको आयोजना, राष्ट्रिय खेलकुद परिषद ९राखेप० को समन्वय तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको व्यवस्थापनमा हुन लागेको हो । प्रतियोगितामा ७ प्रदेशका टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइने छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।
खेल ३० ओभरको हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । ८ टोलीसम्मिलित त्यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।
प्रतिकृया दिनुहोस