विश्वकप विजेता फ्रान्सको विजयी सुरुवात

1553302216grij

एजेन्सी । विश्व विजेता फ्रान्सले युरोकप छनोटमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको पहिलो खेलमा मोल्डोभालाई ४-१ गोल अन्तरले पराजित गर्दै फ्रान्सले छनोटमा सुखद सुरुवात गरेको हो ।

मोल्डोभाको मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एन्टोनी ग्रिजम्यान, राफेल भराने, ओलिभर जेरुड र केलियन एमबाप्पेले एक एक गोल गरे । मोल्डोभाका भाल्दमिर एम्ब्रुसले एक गोल फर्काए ।

खेलको २४ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । २७ औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सको अग्रता २-० को बनाए ।

खेलको ३६ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सको अग्रता ३-० को बनाए । खेलको ८७ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता ४-० को बनाए । खेलको ८९ औं मिनेटमा मोल्डोभाका एम्ब्रुसले एक गोल फर्काए पनि फ्रान्सले ४-१ को जित निकाल्यो ।

जितसंगै समूह 'एच' को फ्रान्सले ३ अंक जोडेको छ । फ्रान्स समूहको शीर्ष स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा आइल्याण्डले आन्डोरालाई २-० र टर्कीले अल्बानियालाई २-० ले नै पराजित गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...