विजयको यात्रा : कुक हेल्फरदेखि सगरमाथा आरोहीसम्म

Bijaya ghimire bk

काठमाडौं । विजय घिमिरे विश्वकर्मा, यो नाम सुनेकै हो । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका –७ भित्ताखर्चमा जन्मिएका विजय निम्न वर्गीय परिवारका सदस्य हुन् । उनका परिवारका सबैले ८ सम्म मात्रै पढेका छन् । त्योभन्दा अघि कसैले पढ्न सकेनन् । पढाईमा कसैले ध्यान पनि नदिएनन् ।

पढाई नभएर के भयो त ? उनले दलित समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिको नाम लेखाउन सफल भएका थिए । अहिले फेरि त्यो रेकर्ड तोड्ने प्रयासमा छन् । अर्थात् दोस्रो पटक सगरमाथाको चुचुरोमा पुग्ने सपना बोकेका छन् ।

उनले पहिलो पटक सगरमाथा २०७४ जेठ ८ गते बिहान ५ बजेर ५ मिनेटमा आरोहण गरेका थिए । उनले यसभन्दा अघि ६ हजारसम्मका ५ वटा हिमाल चढिसकेका छन् ।

पहिलो दलित युवा । विजय ११ वर्षदेखि पर्यटन क्षेत्रमा लागेका छन् । उनले पर्यटन व्यवसाय विदेशीको भारी बोकेर सुरु गरेका थिए । कुक हेल्फर भएर झण्डै ५ वर्ष काम गरे । ४ वर्ष सगरमाथाको बेस क्याम्पमा काम गर्ने मौका पाएका थिए । त्यहीबाट नै सगरमाथा चढ्ने रहर जाग्यो । र दलित समुदायबाट पहिलोपटक सगरमाथा पुग्ने व्यक्ति बने ।

जुन त्यसबेलासम्म दलितले सगरमाथा चढेका थिएनन् । आफ्नो समुदायका मान्छेले सगरमाथा चढ्न नसक्दा उनलाई दुःख लाग्थ्यो । त्यही भएर उनले ०७० देखि सगरमाथा चढ्ने तालिम लिए ।

उनले सगरमाथा चढ्ने बेला कसैबाट एक पैसा खर्च सहयोग गरेनन् । उनी एउटा दलितको छोरा भएकै कारण सहयोग गर्ने प्रयाससम्म पनि गरेनन् । यतिसम्मकी दलितको हितका लागि खुलेका कयौं संघ संस्थाहरु छन् । कुनै संघ संस्थाले पनि सहयोग गरेनन् । अहिले फेरि पहिलोपटक दलित महिलालाई सगरमाथाको चुचुरामा पु¥याउन कम्मर कसेर लागेका छन् ।

समुदायकै खोजी
दलित समुदाय र अन्य सबैले सहयोग गरेका छन् । दलित समुदायले अहिलेसम्म सगरमाथा चढ्ने विषयमा खासै चासो राखेको पाइँदैन । सगरमाथाको बारे बुझेकाले मात्रै चासो राख्ने गर्छन् । अहिले विजय आफैं समुदायलाई कसरी बुझाउन सक्छु भनेर लागेका छन् ।

पर्यटन व्यवसाय फस्टाउँदो छ । यसको विकासमा दलित समुदाय लाग्न सक्नुपर्छ । नेपाल पर्यटन विकासको राम्रो सम्भावना भएको देश हो । विदेश जाने नेपालीले नेपालको पर्यटनबारे जानकारी दिन सक्नुपर्छ । उनी यहि अभियानमा छन् ।

दलित समुदायका व्यक्ति भारी बोकेर जाने केही मात्रै छन् । गाइड पनि गर्ने केही छन् । केहीले त आफैं कम्पनी खोलेर पनि सुरु गरेका छन् । यो औलामा गन्न सकिने मात्रै छन् । उनले सगरमाथा चढ्न प्रेरणा दिँदै आएका छन् ।

अहिले दलित महिलालाई सगरमाथा चढाउन सहयोग गरिरहेका छन् । यसै वर्ष कुमारी ज्ञानमाला रन्पाललाई सगरमाथा चढाउन धेरै सहयोग गरिरहेका छन् । विजयले नै हिमाल कसरी चढ्ने भनेर तालिम दिए । सँगै ६ हजार १ सय ६० हाइमिटर अग्लो आइलम्पिक चढाए ।

दृष्टिकोण नै फरक
सगरमाथा चढेपछि हेर्ने दृष्टिकोण फरक हुन्छ । पहिले कसैले चिन्दिैन थिए । अहिले परिचय दिँदा हिमाल चढेको भन्दा आनन्द आउँछ । दलित समुदायकै पहिलो भएर पनि होला, उनले सबैको तारिफ पाएका छन् ।

‘सबैले बोल्न खोज्नुहुन्छ, भेट्दा हिमालको कुरा उठाउनु हुनछ’ उनले निशान्युजसँग भने ‘कसरी चढ्नु हुन्छ ? कसरी जाने ? कस्तो गाह्रो हुन्छ होला है भन्ने सोध्ने गर्नुहुन्छ ।’ अरुले फिल्ममा हेरेर सगरमाथाको उचाई हेरेका हुन्छन्, हेरेर मज्जा लिएका हुन्छन् । तर, सगरमाथा पुग्नेले आफैं भोगेका हुन्छन् ।

सगरमाथा चढेर उनलाई धेरै नै फाइदा भएको छ । उनी पैसा खर्च सगरमाथा चढे । तर, अहिले पैसा खर्च गरेर कमाउन नसक्ने मान र इज्जत कमाएका छन् । गोठमा जन्मिएर हुर्किएको मान्छे, अहिले सबैको साझा व्यक्ति बनेका छन् ।

किन चढ्छन् सगरमाथा ?
सबैभन्दा अग्लो शिखर कस्तो होला भन्ने मनमा कौतुहलता हुन्छ । सानो सानो हिमाल चढ्दा हाई (लेक) लाग्ने हुन्छ । झन त्यो भन्दा माथिका हिमाल चढ्दा धेरै लाग्छ ।

सबैभन्दा अग्लो ठाउँ, रमाइलो दृष्य, त्यसले पनि मान्छेलाई हिमाल चढ्न प्रेरित गर्छ । दृष्य हेर्न पनि त मान्छे जान्छन् । खर्च गरेर पनि हेर्न जान्छन् । आफैं चढौं भन्ने भावना सबैको हुन्छ ।

सबै मान्छे चढ्न सक्दैनन् । जे सोचेको हुन्छ, सबै पूरा हुन्न । चढ्न आर्थिक समस्या उत्तिकै हुन्छ । नेपालीलाई ३० लाख भन्दा बढी लाग्छ । पैसा जम्मा भएर मात्रै पनि हुँदैन । स्वास्थ्य अवस्था पनि ख्याल गर्नुपर्छ । स्वास्थ्य, पैसा, हिम्मत भए मात्र चढ्न सकिन्छ । सबै कुराले साथ दियो भने विश्वको सर्वाेच्च शिखर चढ्न सकिन्छ ।

कहिले काँही ज्यान जोखिममा परेको हुन्छ । कति पनि मान्छे हिमाल चढ्दा मरेका छन् । उनी आफैंले पनि हिमालमा कयौं मान्छे मरेको भेटेका छन् । सगरमाथा चढ्ने मान्छे फरक किसिमका हुन्छन् । बलियो, हिष्टपुष्ट व्यक्ति हिमाल चढ्न खोज्छन् । पहिलो सानो सानो हिमाल चढ्नुपर्छ । क्रमस चढ्दै गएपछि मात्रै सगरमाथा चढ्ने सोच बनाउनु पर्छ । किनकी सानो सानो अर्थात् कम्तीमा पनि ६ हजारसम्मका हिमाल चढेको मान्छेले मात्रै सगरमाथा चढ्न सक्छ ।

मानसिक टेन्सन बोक्नु हुन्न । घरायसी समस्या बोकेर हिमाल चढ्न खोजे सकिन्न । सगरमाथा चढ्ने जति सबै फर्किदैनन् । कतिले आफ्ना सन्तान गुमाएका छन् । यस्तो अवस्थामा पनि परिवारबाट सगरमाथा नचढ्न दबाब आउन सक्छ । त्यसका लागि मन बलियो बनाउनुपर्छ ।

म आफैंले पनि पारिवारिक दबाब झेलेको हु । म आफैं हिमालको छेउमा जन्मिएर हुर्किको मान्छे हुँ । तैपनि घरबाट दबाब आएकै हो । तर पनि लामो संघर्षपछि हिमाल चढ्न सफल भएँ । सगरमाथा चढ्न जाँदा ज्यानको माया भन्दा धेरै आफ्नो चाहानाप्रति समर्पित हुनुपर्छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...