नवौं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपाल पुग्यो फाइनलमा

काठमाडौं । जापानको टोकियोमा जारी नवौं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबारदेखि सुरु भएको सो प्रतियोगितामा पुरुष ८४ केजी तौल समुहमा भेनेन्जुएलाका खेलाडीलाई ८–० तथा मेक्सिकोका खेलाडीलाई १–० ले पराजित गर्दै नेपालका डिगम्बरप्रसाद पन्त फाइनलमा प्रवेश गरेका हुन् ।
फाइनलमा डिगम्बरले काजाकिस्तानका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् । पुरुष ६० केजीमा नेपालका विजय श्रेष्ठले तेश्रो स्थानका लागि आइभरी कोस्टका खेलाडीसँगग खेल्ने छन् । डिगम्बर र विजयले आइतबार प्रतिस्पर्धा गर्ने प्रशिक्षक कुशल श्रेष्ठले बताए ।
प्रतियोगितामा नेपालबाट ५ खेलाडीले सहभागिता जनाएकोमा पुरुष एकल कातामा पर्शुराम बाँस्तोला र गणेश थिङ तथा पुरुष ६७ केजीमा अनिश लामाको चुनौती समाप्त भइसकेको छ ।
प्रतिकृया दिनुहोस