महिला साफ च्याम्पियनसिप: आज भारत र माल्दिभ्स खेल्दै

काठमाडौं । साफ च्याम्पियनसिप फुटलबको दोस्रो खेलमा आज भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । विराटनगरस्थित शहिद रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
समुह बीमा रहेका दुवै टोली जित निकाल्दै सेमिफाईनल यात्रा सहज बनाउन चाहन्छन् । प्रतियोगिता अगाडी भारतीय टिमले हङकङ र ईन्डोनेसियासंग मैत्रिपुर्ण म्याच खेलेको थियो ।
साथमा टर्कीमा भएको टर्किस वुमन्स कप र घरेलु मैदानमा हिरो गोल्डकप समेत खेलेको थियो । टोलीले एएफसी वुमन्स कपको दोस्रो चरण र साफको तयारीलाई संगसंगै अघि बढाएको थियो । साफका पछिल्ला ४ संस्करणमा भारतीय टिम अपराजित छ ।
उसले लगातार १९ खेलमा पराजय भोगेको छैन ।
प्रतिकृया दिनुहोस