म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

692793741z2dxdjvmed3lhdtene1i

काठमाडौं । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ सिक्सटिनको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई अवे गोलमा पराजित गर्दै म्यान्चेस्टर युनाइटेड अन्तिम आठमा पुगेको हो । गएराति फ्रान्समा भएको दोस्रो लेगको खेलमा म्यान्चेस्टर युनाईटेड ३–१ ले विजयी भयो ।

उसका लागि रोमेलु लुकाकुले दुई गोल गर्दा मार्कस रास्फोर्डले एक गोल थपे । खेलको ईन्जुरी समयमा रास्फोर्डले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

पहिलो लेगको खेल २–० ले गुमाएको म्यान्चेस्टर युनाइटेडले गएरातिको जितपछि समग्र परिणाम ३–३ गोलको बराबरीमा पु¥यायो । यस्तो अवस्थामा अवे गोलको मद्दतले म्यान्चेस्टर युनाईटेड क्वाटरफाईनलमा पुगेको हो ।

अन्तरिम प्रशिक्षक ओले गुना सोल्सायरको नेतृत्वयमा निकै सुधारिएको प्रदर्शन गरिरहेको म्यान्चेस्टर युनाइटेडले यो जितसँगै प्रतियोगितामा नयाँ दाबेदारी पस्किएको छ ।

गएराति भएको अर्को खेलमा इटालीको एएस रोमालाई पराजित गर्दै पोर्चुगलको एफसी पोर्टो पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २–१ को हार ब्यहोरेको पोर्टोले दोस्रो लेगमा ३–१ को जित निकाल्दै समग्रमा खेल ४–३ ले आफ्नो पक्षमा पारेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...