तिलोत्तमा गोल्डकप: पुलिसलाई पराजित गर्दै दाउफिन्सले जित्यो

Dauphins club cameroon wins pokhara cup 2075

बुटवल । २१औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ‘सडनडेथ’मा ६–५ ले हराउँदै दाउफिन्सले उपाधि उचालेको हो ।

बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलको निर्धारित् ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गयो ।

पेनाल्टी सुटआउटमा ५–५ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । सडनडेथमा पुलिसका तेज तामाङ गोल गर्न चुक्दा दाउफिन्सका मियाले गोल गर्दै टोलीलाई उपाधि दिलाए ।

उपाधिसँगै दाउफिन्सले ८ लाख ८० हजार रुपैयाँ जित्यो । उपविजेता बनेको पुलिसले ५ लाख ५० हजारमा चित्त बुझायो ।

प्रतियोगितामा विदेशी दुईसहित १० टिम सहभागी थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...