चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर सिटीले जित्यो सिजनकै पहिलो उपाधि

1025499370yb8c5uusuhvhllwbeefy

काठमाडौं । चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटीले यस वर्षको कारावाओ कप अर्थात लिग कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटीले सिजनको पहिलो उपाधि उचालेको हो । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको थियो । जसमा म्यानचेष्टर सिटी ४–३ ले विजयी भयो ।

चेल्सीका जोर्जिन्होको प्रहार सिटी गोलकिपर एडरसनले रोकेका थिए भने डेविड लुईजको प्रहार पोस्टमा लागेर विफल भएको थियो । सिटीले लिग कपको उपाधि जितेको यो छैटौं पटक हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...