म्यान्चेस्टर सिटी र एट्लेटिको मड्रिड विजयी

6zhnmkcc2srp3uejeruj

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र एट्लेटिको मड्रिड विजयी भएका छन् ।

राउण्ड अफ सिक्सटिनअन्तर्गत पहिलो लेगको खेलमा इंग्ल्यान्डको म्यान्चेस्टर सिटीले जर्मनीको शाल्कालाई उसैको मैदानमा ३–२ ले हरायो । सिटीका सर्जियो अगुएरो, राहिम स्टर्लिङ र लेरोए सानेले एक–एक गोल गरे । पराजित टोली शाल्काको लागि नबिल बेन्तालेबले पेनाल्टीमार्फत दुई गोल गरे । 

च्याम्पियन्स लिगकै अर्को खेलमा स्पेनको एट्लेटिको मड्रिडले इटालीको युभेन्टसलाई २–० ले हरायो । आफ्नै मैदानमा एट्लेटिकोलाई विजयी गराउन होजे जिमिनेज र डिएगो गोडिनले एक–एक गोल गरे । क्रिश्चियानो रोनाल्डोको युभेन्टसले भने केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...