डीपीएल क्रिकेट लिगमा अत्तरिया र काठमाडौं क्वालिफायर्समा

धनगढी । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सिवाईसी अत्तरिया शीर्ष स्थानमा रहँदै तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायर्समा प्रवेश गरेको छ । आज भएको लिग चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गर्दै अत्तरिया शीर्ष स्थानमा रहँदै क्वालिफायर्समा पुगेको हो ।
अत्तरियासँग पराजित भएपनि काठमाडौं दोस्रो स्थानमा रहँदै क्वालिफायर्समा पुगेको छ । फाप्ला क्रिकेट मैदानमा काठमाडौंले दिएको ७६ रनको सामान्य लक्ष्य अत्तरियाले १७ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा अलआउट हुँदै ७५ रनको झिनो योगफल तयार गरेको थियो । अब भोली पहिलो क्वालिफायर्स खेल हुनेछ । भोलिको पहिलो क्वालिफायर्समा अत्तरिया र काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।
क्वालिफायर्सको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर्स खेल खेल्नेछ । इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो स्थानमा रहेको महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिकृया दिनुहोस