सुदूरपश्चिम प्रदेशमा खेल मैदान निर्माण हुँदै

848badhal medan 13 03 2015

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार कार्यक्रमअन्तर्गत खेल मैदान निर्माण हुने भएको हो ।

खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख बजेट विनियोजन गरेको जनाएको छ । एक खेल मैदानका लागि रु २० लाखको दरले ३२ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका खेलमैदान निर्माणका लागि सो बजेट बजेट विनियोजन गरेको हो ।

चालू आर्थिक वर्षको असार मसान्तसम्म खेल मैदान निर्माण कार्य सम्पन्न भइसक्ने प्रदेश सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखा उपसचिव किसनराज चितुवालले जानकारी दिए । उनका अनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वा्चित प्रदेश सांसदले सिफारिस गरेको स्थानमा खेल मैदान छनोट गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका ३२ स्थानमध्ये कैलालीमा १० स्थानमा खेल मैदान निर्माण तथा स्तरोन्नति हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...