डिपिएल क्रिकेटमा महेन्द्रनगरको पहिलो जित, रुपन्देहीको लज्जास्पद हार, काठमाडौं क्वालिफायरमा

Dpl barsha pravabit

धनगढी । महेन्द्रनगर युनाइटेडले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।
आज भएको खेलमा सिवाईसी अत्तरियालाई ७ विकेटले हराउँदै महेन्द्रनगरले पहिलो जित निकालेको हो । फाप्ला क्रिकेट मैदानमा बर्षाले भिजेको मैदानको कारण ढिला सुरु हुँदा ६ ओभरमा घटाईएको खेलमा अत्तरियाले दिएको ५५ रनको लक्ष्य महेन्द्रनगरले ५ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै ६ ओभर खेल्दै ५ विकेट गुमाएर ५४ रन बनाएको थियो । यसैबिच, काठमाडौं गोल्डेन्स (डीपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आजर भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई १०० रनको फराकिलो अन्तरले हराउँदै काठमाडौंले एक खेल अगाबै प्रतियोगिताको क्वालिफायरमा स्थान पक्का गरेको हो ।


फाप्ला क्रिकेट मैदानमा काठमाडौंले दिएको १३४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देही १५ ओभर १ बलमा अलआउट हुँदै ३३ रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...