ब्राजिलका १० जुनियर फुटबल खेलाडीको मृत्यु

Mirtu 1


काठमाडौं । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ ।

क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ ।

रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...