पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आजको खेल स्थगित

Fotbal

पोखरा । पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज हुने भनिएको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ । पोखरा रंगशालामा आज विभागीय टिम एपीएफ र जापानको रिस्सो विश्वविद्यालयबीच खेल हुने तालिका रहेको थियो । तर, लगातारको बर्षाको कारण खेल स्थगित गरिएको आयोजकले जनाएको छ ।

कास्की जिल्ला फुटबल संघका महासचिव रमेश कार्कीका अनुसार एपीएफ र रिस्सोबीचको खेलबारे भोली तय हुनेछ । प्रतियोगिताको क्वाटरफाइनलमा एपीएफले थ्री स्टार क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।

यता, रिस्सो विश्वविद्यालयले नेपाल पुलिसको चुनौती पन्छाउँदै सेमिफाईनल यात्रा तय गरेको थियो । एपीएफको टोली मोफसलको प्रतियोगितामा फाईनल पुग्न सकेको छैन । रिस्सो पहिलो खेल खेल्न नेपाल आएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...