चीनलाई पराजित गर्दै इरान एसियन कपको सेमिफाइनलमा

Received227601398131482

काठमाडौं । इरान एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । चीनलाई ३–० ले हराउँदै इरान अन्तिम चारमा पुग्न सफल भयो । सेमिफाइनलमा इरानको भेट जापानसँग हुनेछ ।

यूएईको आबुधावीमा रहेकाे मोहम्मद विन जायद स्टेडियममा भएको खेलमा इरानको जितमा मेहदी तारेमी, सरदार अज्मउन र करिम अन्सारिफार्दले एक एक गोल गरे । तारेमीले १८औं मिनेटमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।

३१औं मिनेटमा अज्मउनले गोल गरेपछि इरानले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । दोस्रो हाफको इन्ज्युरी समयमा अन्सारिफार्दले गोल गरेपछि इरान सहजरुपमा सेमिफाइनलमा पुगेको हो ।

यसअघि भियतनामलाई १–० ले हराउँदै जापान सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...