सिमरा गोल्डकप फुटबल: थ्रीस्टार फाइनलमा प्रवेश

Football

बारा । थ्रीस्टार क्लब बाराको सिमरामा जारी दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सिमरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै थ्रीस्टार उपाधिनजिक पुगेको हो ।

थ्रीस्टारलाई विजयी गराउन खेलको ७१औं मिनेटमा विदेशी खेलाडी फोफना फोडेले गरेको गोल नै निर्णायक गोल हुन पुग्यो । खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका कप्तान बिक्रम लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

थ्रीस्टारले अब उपाधि भिडन्तमा विभागीय टिम त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक टिम नव जनजागृति युवा क्लबलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

फाइनल खेल आगामी शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...