९ अंक जोड्दै एपीएफ उक्लियो दोस्रो स्थानमा

Mahila valibal

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबले दोहोरो जित निकालेको छ । जितसगै एपीएफ ९ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

ढोरपाटन क्लबको भलिबल कोर्टमा मंगलबार एपीएफले सेब स्कुल र थाहा नगरपालिका मकवानपुरलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै जित हात पारेको हो ।

एपीएफले पहिलो खेलमा सेबलाई २५–८, २५–१४ र २५–१८ को सेटमा हरायो । एपीएफले थाहा नगरपालिकालाई २५–७, २५–११ र २५–१२ को सेटमा हरायो ।

विभागीय टिम त्रिभुवन आर्मी क्लबले सेब स्कुललाई ३१–२९, २५–१९ र २५–२० को सेटमा पराजित गरेको छ । जितसँगै आर्मी १२ अंक जोडेर शिर्ष स्थानमा यथावत रहेको छ ।

अर्को खेलमा नेपाल पुलिस क्लबले श्री गाँउ खेलकुद बिकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पुलिसले श्री गाउँलाई २५–८, २५–९ र २५–८ को सेटमा हरायो । पुलिस ६ अंक जोडेर तेस्रो स्थानमा छ ।

डबल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा ९ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...