एक दिवसीय खेलन युएई जाने क्रिकेट टोलीको विदाई

Nepal cricket

काठमाडौं । आगामी शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) मा हुन लागेको एक दिवसीय र टी–ट्वान्टी सिरिजमा सहभागी बन्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ ।

युएईतर्फ प्रस्थान गर्ने १६ सदस्य खेलाडी सहितको नेपाली टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव केशवकुमार बिष्ट लगायतले विदाई गरे ।

नेपालले युएईसँग तीन खेलको एक दिवसीय र तीन खेलको टी–ट्वान्टी सिरिज खेल्दैछ । नेपालले युएईसँग पहिले एक दिवसीय सिरिज खेल्नेछ । नेपालले माघ ११, १२ र १४ गते एक दिवसीय सिरिज खेल्नेछ । माघ १७, १८ र २० मा टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज दुबईमा हुनेछ ।

नेपालले जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो ।

नेपाली टोली
पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल (उपकप्तान)

अविनाश बोहरा

बसन्त रेग्मी

भिम सार्की

बिनोद भण्डारी

दिपेन्द्र सिंह ऐरी

करण केसी

ललित नारायण राजवंशी

आरिफ शेख

पवन सर्राफ

प्रदीप ऐरी

रोहितकुमार पौडेल

सन्दीप लामिछाने

सोमपाल कामी

सन्दीपजोरा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...