महिला टी–ट्वान्टीमा नेपाल खुम्चियो उपविजेतामै, थाइल्याण्ड विजयी

Kriket thailand

काठमाडौं । महिला टी–ट्वान्टी स्म्यास क्रिकेटमा घरेलु मैदानमा थाइल्याण्ड विजेता बन्दा नेपाल उपविजेतामै सीमित भएको छ ।

थाइल्याण्ड अपराजित रहँदै फाइनलमा पुगेको टीम हो । झन्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाली टोलीले आफूलाई अपराजित राख्दै फाइनलसम्मको यात्रा तय गरेको थियो ।

तर, शनिबार सम्पन्न फाइनलमा थाइल्याण्डसँग ७० रनले पराजित भएपछि नेपाल उपविजेतामै सीमित बनेको हो ।

थाइल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७.२ ओभरमा अल आउट भएको हो । नेपालले १७ ओभर खेल्दा ५१ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि सर्वाधिक १३ रन सीता रानाले बनाइन भने नेरी थापाले ११ रन बनाइन। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।

शुक्रबार भएको सेमिफाइनल खेलमा इन्डोनेसियालाई ९२ रनको भारी अन्तरले पराजित गर्दै नेपाल पाइलमा प्रवेश गरेको थियो । टस हारेर ब्याटिङ गरेको घरेलु टोली थाइल्यान्डले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो ।

घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाइन् । यस्तै नरुमोल चवाइले २७ र चानिदा सुथिरङले नटआउट १९ रन बनाइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...