महिला टी -ट्वान्टी क्रिकेट: फाइनल प्रवेशका लागि नेपालले आज इन्डोनेसियाको सामना गर्दै

Criket mahila

काठमाडौं । नेपालले थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा आज इन्डोनेसियाको सामना गर्दैछ ।

बैंककमा समूह 'ए' को विजेता बनेको नेपालले समूह 'बी' को उपविजेता इन्डोनेसियासंग खेल्न लागेको हो । नेपाल र इन्डोनेसियाबीचको खेल बिहान ८:१५ मा सुरु हुनेछ ।

आज नेपाल इन्डोनेसियालाई हराउँदै फाइनल पुग्न चाहन्छ । इन्डोनेसिया पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ । विजेताले फाइनलमा युएई र थाइल्याण्डबीचको बिजेतासंग खेल्नेछ ।

प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित रहदै सेमिफाइनलमा पुगेको हो ।

नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो  । तेस्रो खेलमा युएईलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड 'ए' लाई ९ विकेटले हराएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...