एसियन कप फुटबल : जापान समूह विजेता बन्दै प्रि क्वार्टरफाइनलमा प्रवेश

Football

काठमाडौं । यूएईमा भैरहेको एसियन कप फुटबलमा जापान समूह विजेता बन्दै प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

जापानले समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानमाथि २–१ गोल अन्तरको जित निकाल्दै समूह एफबाट विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।

बिहीबारको खेलमा पराजित भएको उज्वेकिस्तान पनि उप विजेता बन्दै प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । लगातार २ खेल जितेका दुवै टिमको नतिजाले विजेता र उप विजेता टुंगो लगाएको हो ।

उज्वेकिस्तानले सुरुआती अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा उप विजेता हुन बाध्य भयो । ४०औं मिनेटमा उज्वेकिस्तानका एल्डर सोमुद्रोभले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर यो अग्रता जापानले ३ मिनेट पनि टिक्न दिएन । जपानका लागि योसिनोरी मुटोले गोल गर्दै पहिलो हाफमा १–१ को बराबरीमा ल्याएका थिए । ५८ औं मिनेटमा टुकासा सिटोनीले गोल गर्दै जपानलाई २–१ को अग्रता दिलाए ।

यो अग्रतालाई जापानले अन्तिम समयसम्म टिकाउन सफल भएपछि समूह विजेता बनेको हो ।  बिहीबार नै भएको समूह एफकै अर्को खेलमा ओमानले तुर्कीमिनस्तानलाई तीन एक गोल अन्तरले पराजित गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...