महिला टी -ट्वान्टी क्रिकेट: अन्तिम खेलमा नेपालले अहिले थाइल्याण्डको 'ए' टिमसंग प्रतिस्पर्धा गर्दै

Criket mahila

काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले घरेलु टोलीको 'ए' टिमसंग प्रतिस्पर्धा गर्दैछ ।

बैंकमा थाइल्याण्ड 'ए' विरुद्ध नेपालले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । नेपालले टस जितेपछि थाइल्याण्ड 'ए' ले केहि बेरमा ब्याटिङ थाल्नेछ ।

अघिल्ला तीन खेलमा लगातार जित निकालेर सेमिफाइनलमा प्रवेश गरिसकेको नेपालले अन्तिम खेलमा थाइल्याण्ड 'ए' को समना गर्न लागेको हो  । 

प्रतियोगिताको समूह 'ए' मा रहेको नेपाल घरेलु टोलीलाई हराएर समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ । नेपाल ३ खेलबाट ६ अंक जोडेर समूहको दोस्रो स्थानमा छ ।

चार खेलमा ६ अंक जोडेको युएई शीर्ष स्थानमा छ । थाइल्याण्ड 'ए' लाई हराएमा नेपाल अपराजित रहदै सेमिफाइनलमा पुग्नेछ । प्रतियोगिताबाट बाहिरिसकेको थाइल्याण्ड 'ए' को २ अंक छ ।

नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो  । तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...