फाल्गुनन्द गोल्डकप : रोयललाई हराउँदै आर्मी फाईनलमा

Football

पाँचथर । त्रिभुवन आर्मी क्लब पाँचथरको फिदिममा जारी १० औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली रोयल फुटबल क्लब दार्जिलिङलाई पराजित गर्दै आर्मीले फाईनलमा झापा ११ संगको भेट पक्का गरेको हो ।

फिदिमको खेल मैदानमा भएको अन्तिम सेमिफाईनलमा आर्मीले रोयल फुटबल क्लबलाई २–१ ले गोल अन्तरले पराजित गर्यो ।

खेलको १७ औं मिनेटमा दार्जिलिङका डिफेन्डर निवास रानाको आत्मघाति गोलमार्फत आर्मीले अग्रता बनाएको थियो । त्यसको चार मिनेटपछि सिद्धान्त क्षेत्रीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा खेल केही तनावग्रस्त बन्यो । प्रतियोगितामा सबै भन्दा धेरै पहेलो कार्ड देखाईएको खेलमा दार्जिलिङका प्रशिक्षक सचिन्द्र धिमालले रेफ्रिको निर्णयमा असन्तुष्टि जनाए । उनी रेफ्रि श्रवण लामाको निर्णयमा सन्तुष्ट देखिएनन् ।

आर्मीका प्रशिक्षक ज्ञानेन्द्र देउजाले ठुलो खेलमा खेलाडीहरु उत्तेजित हुनु स्वभाविक भएको प्रतिक्रिया दिए । खेलको अन्तिम मिनेटमा आर्मीका एरिक विष्टले गोल गर्दै टोलीलाई फाईनल यात्रा तय गराए ।

एरिक ‘म्यान अफ दि म्याच’ समेत घोषित भए ।

पुस ३० गते हुने फाईनलमा आर्मीले झापा ११ संग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...