सिन्धुपाल्चोक: जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदै

Football

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बसन्तपुर खेल मैदान खाडिचौरमा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगिता अन्र्तगत आज २ खेल हुँदैछ । बिहान ९ बजे हुने पहिलो सेमिफाइनल खेलमा लिसङखुपाखर गाउँपालिका र आयोजक बलेफि गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ भने दोश्रो खेल दिउँसो २ बजे मेलम्ची नगरपालिका र सुनकोशी गाउँपालिकाबीच हुने आयोजकले जनाएको छ ।

हिजो भएको एकमात्र खेलमा भोटेकोशी गाउँपालिकाले इन्द्रावती गाउँपालिकालाई ३÷१ गोलले पराजित गरेपनि गोल अन्तरको आधारमा सुनकोशी गाउँपालिकाले सेमिफाइनलमा स्थान बनाएको थियो ।

प्रतियोगिताको अन्तिम चारमा मेलम्ची नगरपालिका, लिसङखुपाखर गाउँपालिका, सुनकोशी गाउँपालिका र आयोजक बलेफि गाउँपालिका रहेका हुन् । जिल्लाका १० स्थानीय तहको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ । फाइनल खेलको बिजेताले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टिमले ५० हजार नगद प्राप्त गर्ने आयोजक बलेफी गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...