बिपिएलको डेब्यू खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए २ विकेट

Sansdip sindhuli saugat online

 नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा डेब्यू खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्।

सिल्हेट सिक्सर्सका बलर सन्दीपले कोमिला भिक्टोरियन्सविरुद्ध २ विकेट लिए। उनले कोमिलाका सोएब मल्लिकलाई १३ रन र अनमुल हकलाई ५ रनमा आउट गरे। सन्दीपले मलिकलाई १२ ओभरको अन्तिम बलमा सब्बीर रहमानको हातबाट क्याच गराए। हकलाई भने सन्दीपले १५ ओभरको दोस्रो बलमा बोल्ड गरेका थिए। सन्दीपले ४ ओभरमा २ विकेट लिँदा १६ रन मात्र खर्चिए। सन्दीपले ४ ओभरमा १२ बल डट फ्याँकेका थिए। यस्तै कुनै चौका र छक्का नदिएका उनले २ बल भने वाइड फ्याँके।

खेलमा सन्दीपको टिम सिल्हेटलाई कोमिलाले ४ विकेटले हरायो।

ढाकामा सिल्हेटले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय २७ रन जोडेको थियो। उसका लागि नोकोसाल पुरनले ४१ रन जोडे। सन्दीप १ रनमा अविजित रहेका थिए।

१ सय २८ रनको लक्ष्य कोमियाले १ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्‍यो। कोमिलाका लागि साहिद अफ्रिदीले २५ बलमा नटआउट ३९ रन जोडे।

सन्दीप बुधबार बिहान बङ्गलादेश पुगेका थिए। अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप उतैबाटै बङ्गलादेश प्रस्थान गरेका थिए। बिग बासमा मेलबर्न खेलेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए।

बङ्गलादेश प्रिमियर लिगकै दौरान सन्दीप नेपाली टोलीमा सामेल हुने युएई पुग्नेछन्। नेपालले माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा एक दिवसीय र टी–२० शृङ्खला खेल्नेछ। नेपाली टिमका कप्तान पारस खड्काले पनि सन्दीप युएई जाने पुष्टि गरिसकेका छन्। युएई जाने भएपछि सन्दीपले बिपिएलका खेल पनि गुमाउनेछन्।

युएईपछि सन्दीप बिपिएल खेल्न फेरि बंगलादेश जानेछन्। त्यसपछि उनी फेरि अन्तिम सत्रको खेल खेल्न अस्ट्रेलिया पुग्नेछन्।

बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लिएका आठ विकेट मध्ये पहिलो खेलमा दुई,दोस्रो खेलमा तीन,तेस्रो खेलमा दुई र चौथो खेलमा एक विकेट लिएका थिए।उनले चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...