सहिद स्मारक ए डिभिजन लिग फुटवलमा एपीएफ र सरस्वती बिजयी

Football

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको विभागीय डर्बीमा एपीएफले पुलिसलाई पराजित गरेको छ । हल्चोक मैदानमा भएको खेलमा एपीएफले पुलिसलाई ४–१ ले हराएको हो ।

खेलको ’म्यान अफ दी म्याच’ एपीएफको सुदिप शिख्राकार घोषित भए । जितपछि एपीएफ १२ खेलबाट २० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पुलिस १८ अंक छैटौ स्थानमा झरेको छ । यसै बिच आजै भएको अर्को खेलमा च्यासल युथ क्लब पराजित भएको छ । च्यासल सरस्वती युथ क्लबसंग २–१ गोल अन्तरले पराजित भएको हो ।

एन्फा कप्लेक्समा सुरुवाती अग्रता जोगाउन नसक्दा च्यासलले हार व्यहोर्नुपर्यो । खेलमा सरस्वतीका किपर प्रदीप भण्डारी म्यान अफ दि म्याच चुनिए । हारसंगै च्यासलले १२ खेलबाट १५ अंक जोडेको छ । च्यासल लिगको आठौं स्थानमा छ । १३ अंक जोडेको सरस्वती लिगको नवौं स्थानमा उक्लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...