बिग ब्यास लिगमा चम्किए नेपाली क्रिकेटर सन्दिप

Sandeep lamichane

काठमाडौं । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने दाजु देखाएका छन् । उनले मंगलबार पनि विकेट लिन सफल भएका छन् ।

मेल्वर्न रेनेगड्स विरूद्धको खेलमा सन्दीपले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा विकेट लिए । सन्दीपले यसअघि तीन खेलमा ७ विकेट लिइसकेका छन् ।

सन्दीपले पहिलो खेलमा सिड्नी थन्डर्सका दुई विकेट हात पारे । होर्वाट हुरिकेन्सविरुद्ध दोस्रो खेलमा उनले तीन विकेट लिएका थिए भने तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध दुई विकेट लिएका थिए । सबै खेलमा पुरै ओभर बलिङ गरेका सन्दीपले तिनै टिमका कप्तानलाई पेवेलियन फर्काइदिएका छन् ।

मेल्वर्न स्टार्सले दुई खेलमा हार र एक खेलमा जित निकालेको छ । तर सन्दीपले भने तीनै खेलमा बलिङको जादु देखाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...