युएइसँग खेल्न नेपालले छान्यो २० जनाको टोली, टीमको नेतृत्व पारसले गर्ने

Paras khadka

काठमाडौं । युएइसँग एकदिवसीय क्रिकेट खेल्न नेपालले २० जना खेलाडी चयन गरेको छ । २५ जनबरीदेखि ३ फब्रुअरीसम्म हुने खेलका लागि पारस खड्काको कप्तानीमा २० सदस्यीय खेलाडीको टीम सार्वजनिक गरिएको हो ।

सो खेल नेपाली राष्ट्रिय टीमका प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको नेतृत्वमा हुनेछ । सो टीममा अबिनास बोहोरा, बसन्त रेग्मी, भिम सार्की, विक्रम सोब, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित नारायण राजबंशी, आरिफ सेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुसन भारी अटाएका छन् ।

नेपालले युएइसँग ३ वटा एकदिवसीय खेल र ३ वटा ट्वान्टीट्वान्टी म्याच खेल्नेछ । नेपालले अघिल्लो वर्ष जिम्बावेमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा आठौं स्थानमा रहेर ४ वर्षको लागि एक दिवसीय मान्यता पाएको थियो ।

नेपालले अहिलेसम्म तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । एशियाकप क्रिकेटमा नेपालले यूएईसँग पनि खेलेको थियो । नेपालले नेदरल्याण्डसँग दुईवटा खेल खेलेको थियो । नेपाली टोलीले गएको अगष्ट महिनामा एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको थियो ।

यस्तो छ खेल तालिका
जनबरी २५ – प्रथम एक दिवसीय

जनबरी २६ – दोस्रो एक दिवसीय

जनबरी २८ ( तेस्रो एक दिवसीय

जनबरी ३१ – प्रथम ट्वान्टीट्वान्टी अन्तर्राष्ट्रिय

फेबु्रअरी १ – दोस्रो ट्वान्टीट्वान्टी अन्तर्राष्ट्रिय

फेब्रुअरी ३ – तेस्रो ट्वान्टीट्वान्टी अन्तर्राष्ट्रिय

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...