खेल क्षेत्रमा अर्काे खुसी, किरण चेम्जोङ बने माल्दिभ्समा उत्कृष्ट गोलकिपर

काठमाडौं । मंसिर तेस्रो साता मात्रै नोली खेलाडी रोहित चन्द बने इन्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडी बनेर नेपाली खेल क्षेत्र पनि सक्षम छ भन्ने प्रमाणित गरेका थिए । त्यसले नेपालीलाई खुसी दिलाएको थियो ।
फेरि नेपाली खेलाडीले अर्काे खुसी दिलाएका छन् । नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबलको उत्कृष्ट गोलकिपर बनेका छन् ।
माल्दिभ्स फुटबल संघले प्रदान गरेको अवार्डमा उनी उत्कृष्ट गोलकिपर बन्न सफल भए । उनी लिगको उत्कृष्ट गोलकिपर पनि बनेका थिए ।
क्लबलाई लिग जिताउन महत्वपुर्ण भुमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको थियो । किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्टसबाट धिवेही प्रिमियर लिग खेलेका थिए ।
माल्दिभ्स फुटबल डट कमको सहकार्यमा माल्दिभ्स फुटबल संघले अवार्ड प्रदान गर्दै आएको छ । संघले यो वर्षको उत्कृष्ट गोलकिपरको रुपमा नेपालका चेम्जोङलाई छनौट गरेको हो ।
चेम्जोङ नेपालमै छन् । उनी नेपालका पनि उत्कृष्ट गोलकिपर हुन् ।
प्रतिकृया दिनुहोस