खेल नसकिँदै मनाङ मर्स्याङ्दी बन्यो लिग च्याम्पियन

Marsyangi jit

काठमाडौं । खेल नसकिँदै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । मनाङले लिगको उपाधि मात्रै जितेन, एउटा अनौठो इतिहास पनि रचेको छ ।

अहिलेसम्म उपाधि जितेका कुनै पनि टिमले सबै खेल जितेर च्याम्पियन बनेको इतिहास छैन । लगातार ११ औं खेलमा जित हात पार्दै मनाङले एक खेलमा पनि नहारी एक खेलमा पनि बराबरी नभइ लिगको उपाधि जितेको हो ।

लिगको निर्णायक मानिएको खेलमा शीर्ष स्थानको मनाङले दोस्रो स्थानको संकटा क्लबलाई ३–१ गोलले हराउँदै आठौं पटक च्याम्पियन बनेको हो ।

मनाङले खेलेका सबै ११ खेल जित्दै ३३ अंक जोडेको छ । दोस्रो स्थानको संकटाको २५ अंक छ । अब बाँकी रहेका दुवै खेल हारे पनि मनाङ च्याम्पियन बन्नेछ ।

अझै मनाङले लिगका दुई खेल खेल्न बाँकी नै छ । मनाङले उपाधि जितेसँगै अब दोस्रो र तेस्रो स्थानका लागि थ्रीस्टार, संकटा र आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

पराजित भएको संकटाको ११ खेलबाट २५ अंक रहेको छ भने १० खेल खेलेको थ्रीस्टारको २३ अंक रहँदा चौथो स्थानमा रहेको आर्मीको १८ अंक रहेको छ ।

मनाङले २०४३, २०४४ र २०४६ गरी लगातार तीन पटक उपाधि जितेको थियो। यस्तै मनाङले २०५७ र २०६० मा पनि लिगको उपाधि उचालेको थियो । २०६२ मा लिगको उपाधि जित्दै मनाङले सर्वाधिक लिग जित्ने रानीपोखरी कर्नर टिमको रेकर्डसँग बराबरी गरेको थियो । पछिल्लो पटक २०७० सालमा लिग च्याम्पियन बनेसँगै मनाङ सर्वाधिक लिग जित्ने क्लब बनेको थियो ।

पहिलो हाफमा २ मिनेट थपिएको इन्जुरी टाइमको पहिलो मिनेटमा मनाङले खेलमा अग्रता लियो । मनाङका विशाल राईको कर्नरलाई रोक्ने क्रममा संकटाका गोलकिपर राजाबाबु थापाको हातबाट बल खुस्किएको थियो । सो बलले जाली चुमेपछि मनाङले खेलमा अग्रता लिएको थियो ।
मनाङका २ प्रहारमा क्रस बार बाधक बनेको थियो । कमल श्रेष्ठले डिबक्स नजिकबाट हानेको फ्रिकिङ क्रसबारमा लागेर फर्कियो । यस्तै हेमन गुरुङको अर्को प्रहारले क्रसबारमा लागेर फर्किएको थियो ।

६२ मिनेटमा अन्जन विष्टले पनि गोल गर्न गरेको अर्को उत्कृष्ट प्रयासमा संकटाका गोलकिपर राजाबाबुले उतिकै उत्कृष्ट बचाउ गरे । ६८ मिनेटमा पनि मनाङ अग्रता दोब्बर पार्ने अवसरबाट बन्चित भयो । हेमन गुरुङको फ्रिकिङ बारमा लाग्दा मनाङ अभागी साबित भयो ।

८२ मिनेटमा मनाङले अग्रता दोब्बर पारेको थियो । विशाल राईको कर्नर बलमा पुजन उपरकोटीले हेडमार्फत गोल गरे । एक मिनेटअघि पुजन सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । ८७ मिनेटमा मनाङले तेस्रो गोल विशाल राई नै पास उपलब्ध गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...